शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सम्पत्ति शुद्धीकरण
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक १५, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको पोखरिया नगरपालिकामा गलत विवरण उल्लेख गरी पूर्ण अपांगताको परिचयपत्र जारी गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई कर्मचारी र एक सेवाग्राहीलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले पोखरिया नगरपालिकाका कर्मचारी संजयकुमार पाण्डेय, अम्बिका महतो खुलवट र सेवाग्राही महेन्द्र राउत कुर्मीलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

विशेष अदालतको इजलास नम्बर १ का न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीशद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले मुद्दा नम्बर ०८२–ऋच्–०१७४ मा नेपाल सरकार विरुद्ध संजयकुमार पाण्डेयसमेतको मुद्दामा यस्तो फैसला गरेको हो ।

अदालतका अनुसार महेन्द्र राउत कुर्मीले २०७८ भदौ १६ गते पोखरिया नगरपालिकामा अपांगता परिचयपत्र पाउन निवेदन दिएका थिए । नगरपालिकाको अपांगता समन्वय समितिले २०७८ असोज ११ गते बसेको बैठकबाट उनलाई ‘ख’ वर्गको परिचयपत्र जारी गर्ने निर्णय गरेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर, समितिको निर्णयविपरीत २०७८ चैत २३ गते उनलाई पूर्ण अपांगता जनाउने ‘क’ वर्गको परिचयपत्र जारी गरिएको थियो। सोही परिचयपत्रका आधारमा कुर्मीले २०७९ वैशाखदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका थिए ।

विशेष अदालतले पोखरिया नगरपालिकाको अपांगता शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवटले पूर्ण अपांगताको परिचयपत्र तयार पारेको र अधिकृत संजयकुमार पाण्डेयले त्यसलाई प्रमाणित गरेको ठहर गरेको छ ।

गलत विवरण उल्लेख गरी परिचयपत्र तयार पारेको पुष्टि भएकाले दुवै कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गतको कसुर गरेको अदालतको निष्कर्ष छ । त्यस्तै, गलत विवरणका आधारमा परिचयपत्र लिने कुर्मीलाई मतियारका रूपमा सोही ऐनको दफा १२ अन्तर्गत दोषी ठहर गरिएको छ ।

सजाय निर्धारण गर्दै अदालतले पाण्डेय र खुलवटलाई दफा ९ बमोजिम तथा कुर्मीलाई दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

यसका अतिरिक्त अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जनाबाट जनही ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।

यद्यपि, भ्रष्टाचार निवारण ऐनको दफा ११ र १७ अन्तर्गत लगाइएका आरोप भने अदालतले पुष्टि हुन नसकेको ठहर गरेको छ ।

कुर्मीले सामाजिक सुरक्षा भत्ताबापत बुझेको रकममध्ये २ लाख १० हजार ६८३ रुपैयाँ राजस्व व्यवस्थापन सूचना प्रणालीमार्फत फिर्ता गरिसकेको र निर्णय अभिलेखमा केरमेट गरी सच्याउने कार्य कसले गरेको हो भन्ने यकिन दाबी गर्न नसकिएकाले ती आरोप खारेज भएका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १२:०५
#भ्रष्टाचार #विशेष अदालत #सामाजिक सुरक्षा भत्ता #पोखरिया नगरपालिका #पर्सा #अपांगता परिचयपत्र #संजयकुमार पाण्डेय #अम्बिका महतो #महेन्द्र राउत कुर्मी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप आइतबार, कात्तिक १५, २०८३
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने शनिबार, कात्तिक १४, २०८३
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप शनिबार, कात्तिक १४, २०८३
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक १४, २०८३
जीराभवानीका प्रमुख प्रशासकीय अधिकृत गिरीको जिम्मेवारी रद्द, सरुवाविरुद्ध अदालतमा मुद्दा विचाराधीन
जीराभवानीका प्रमुख प्रशासकीय अधिकृत गिरीको जिम्मेवारी रद्द, सरुवाविरुद्ध अदालतमा मुद्दा विचाराधीन शनिबार, कात्तिक १४, २०८३
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू)
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू) शुक्रबार, कात्तिक १३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार वीरगंज सिटी
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर वीरगंज सिटी
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप वीरगंज सिटी
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP