शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या
तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगरपालिकाको मेयर, उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बन्न चाहने आकांक्षीहरूको संख्या बढ्दै गएको छ । पार्टीले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यहरूले नाम दर्ता गराउने क्रम जारी राखेका छन् ।

रास्वपाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न इच्छुकहरूका लागि गत भदौ १ गतेदेखि क्यान्डिडेट क्लबमा नाम दर्ता गर्न आह्वान गरेको थियो । त्यसैगरी, नगरपालिकाको मेयर र उपमेयर बन्न चाहनेहरूका लागि असोज २९ गतेदेखि नाम दर्ता खुला गरिएको थियो ।

पार्टीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशका विभिन्न पालिकामा प्रमुख र उपप्रमुख पदका लागि हालसम्म ५१६ जनाले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका छन् । तीमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष पदका लागि ३९१ जना र उपमेयर तथा उपाध्यक्ष पदका लागि १२५ जना रहेका छन् ।

नेपाल प्रेसलाई प्राप्त विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी आकांक्षी मोरङ जिल्लामा देखिएका छन् । मोरङमा प्रमुख र उपप्रमुख दुवै पदका लागि गरी १४३ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै झापामा ११३, सुनसरीमा ९७, उदयपुरमा ४७ र ओखलढुङ्गामा ४४ जनाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसैगरी सङ्खुवासभामा १७, तेह्रथुममा १४, सोलुखुम्बुमा १०, भोजपुरमा ९, इलाममा ६, ताप्लेजुङमा ६, धनकुटामा ५, पाँचथरमा ४ र खोटाङमा २ जनाले प्रमुख तथा उपप्रमुख पदका लागि नाम दर्ता गराएका छन् ।

४३ पालिकामा प्रमुख पदका लागि एक जना पनि आकांक्षी छैनन्

कोशी प्रदेशमा कुल १३७ वटा स्थानीय तह रहेका छन् । तीमध्ये ४३ वटा पालिकामा मेयर वा गाउँपालिका अध्यक्ष पदका लागि हालसम्म एक जनाले पनि क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छैनन् ।

रास्वपाको क्यान्डिडेट क्लबको तथ्याङ्कअनुसार प्रमुख पदका लागि आकांक्षी नदेखिएका सबै पालिका पहाडी जिल्लामा रहेका छन् । यसले तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका पालिकामा उम्मेदवार बन्ने आकांक्षा कम रहेको देखाउँछ ।

खोटाङका बराहपोखरी, दिप्रुङ चुइचुम्मा, हलेसी तुवाचुङ, जन्तेढुङ्गा, केपिलासगढी, खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र साकेला पालिकामा प्रमुख पदका लागि नाम दर्ता भएको छैन ।

त्यस्तै इलामका देउमाई, माई, माङ्सेबुङ, रोङ, सन्दकपुर र सूर्योदयमा पनि प्रमुख पदका लागि आकांक्षी देखिएका छैनन् ।

धनकुटाका चौबिसे, छथर जोरपाटी, खाल्सा छिन्ताङ सहिदभूमि, महालक्ष्मी र साँगुरीगढीमा समेत प्रमुख पदका लागि नाम दर्ता भएको छैन ।

पाँचथरका फालेलुङ, हिलिहाङ, कुम्मायक, मिक्लाजुङ र फिदिममा पनि प्रमुख पदका लागि हालसम्म कसैले इच्छा व्यक्त गरेका छैनन् ।

यसैगरी सङ्खुवासभाका चिचिला, धर्मदेवी, मकालु, सभापोखरी र सिलिचोङमा पनि अध्यक्ष पदका लागि आकांक्षी देखिएका छैनन् ।

भोजपुरका आमचोक, हतुवागढी, रामप्रसाद राई र साल्पासिलिछो तथा ताप्लेजुङका आठराई त्रिवेणी, मेरिङ्देन, मिक्वाखोला र फक्ताङलुङमा पनि प्रमुख पदका लागि नाम दर्ता भएको छैन ।

त्यस्तै सोलुखुम्बुका खुम्बुपासाङल्हामु, महाकुलुङ र सोताङ गाउँपालिकामा समेत अध्यक्ष पदका लागि कसैले नाम दर्ता गराएका छैनन्।

झापा, मोरङ र सुनसरीमा आकांक्षीको बढी चाप

कोशी प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा रास्वपाबाट स्थानीय तहको प्रमुख तथा उपप्रमुख बन्न चाहने आकांक्षीको संख्या उल्लेख्य देखिएको छ ।

यी तीन जिल्लाका पालिकामा मेयर तथा अध्यक्ष पदका लागि २५१ जना र उपमेयर तथा उपाध्यक्ष पदका लागि ९७ जनाले नाम दर्ता गराएका छन् । यद्यपि विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाको विवरण उपलब्ध सूचीमा समावेश गरिएको छैन ।

झापाका १५ वटा स्थानीय तहमध्ये मेयर तथा अध्यक्ष पदका लागि ८० जनाले आकांक्षा व्यक्त गरेका छन् भने उपमेयर तथा उपाध्यक्ष पदका लागि ३३ जनाले नाम दर्ता गराएका छन् ।

प्राप्त विवरणअनुसार झापाको शिवसताक्षी नगरपालिकामा मेयर बन्न सबैभन्दा बढी १० जनाले इच्छा व्यक्त गरेका छन्। त्यस्तै बिर्तामोड नगरपालिकाको मेयर बन्न ९ जना आकांक्षी देखिएका छन् ।

मोरङका १७ वटा स्थानीय तहमध्ये प्रमुख पदका लागि १०१ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै उपप्रमुख तथा उपाध्यक्ष पदका लागि ३९ जनाले आकांक्षा व्यक्त गरेका छन्।

मोरङमा धनपालथान गाउँपालिकाको अध्यक्ष बन्न सबैभन्दा बढी १५ जनाले नाम दर्ता गराएका छन् । कटहरी गाउँपालिकामा ११ जना र ग्रामथान गाउँपालिकामा ९ जना अध्यक्ष पदका आकांक्षी रहेका छन्। कोशी प्रदेशको एकमात्र महानगरपालिका विराटनगरको मेयर र उपमेयर पदका आकांक्षीको विवरण भने सार्वजनिक गरिएको छैन।

सुनसरीका १२ वटा स्थानीय तहमध्ये इटहरी र धरान उपमहानगरपालिकाको विवरणबाहेक बाँकी १० वटा पालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि ७० जनाले नाम दर्ता गराएका छन् ।

उपलब्ध विवरणअनुसार सुनसरीमा प्रमुख पदका लागि ४५ जना र उपप्रमुख पदका लागि २५ जना आकांक्षी रहेका छन् । इनरुवा नगरपालिकाको प्रमुख बन्न सबैभन्दा बढी १३ जनाले इच्छा व्यक्त गरेका छन् ।

त्यस्तै कोशी गाउँपालिकाको अध्यक्ष बन्न १२ जना र देवानगञ्ज गाउँपालिकाको अध्यक्ष बन्न ११ जनाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छन् ।

रास्वपाले सञ्चालन गरेको क्यान्डिडेट क्लबमा नाम दर्ता गराउने क्रम जारी रहेकाले आगामी दिनमा आकांक्षीको संख्या थप बढ्न सक्ने देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १२:२५
#कोशी प्रदेश #राष्ट्रिय स्वतन्त्र पार्टी #राजनीति #रास्वपा #झापा #विराटनगर #मोरङ #सुनसरी #स्थानीय निर्वाचन #उम्मेदवार #स्थानीय तह निर्वाचन #क्यान्डिडेट क्लब
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन शुक्रबार, कात्तिक २०, २०८३
हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने
हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने शुक्रबार, कात्तिक २०, २०८३
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा मंगलबार, कात्तिक १७, २०८३
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी मंगलबार, कात्तिक १७, २०८३
मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड
मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP