शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने
हाम्रै हातमा पुलिस र सीडीओ छन् भन्ने घमण्ड नदेखाए हुन्छ’ : रवि लामिछाने
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको नेतृत्वमा पुगेपछि पार्टीका नेता तथा कार्यकर्ताले उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्ने बताएका छन् । जनताले निर्वाचनमार्फत मुलुकको जिम्मेवारी रास्वपालाई सुम्पिएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको दम्भ देखाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका हुन् ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले समाजले देखाएको बाटो र जनताले व्यक्त गरेका धारणालाई आत्मसात् गर्दै अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

जनताले सरकार र पार्टीका गतिविधिको निरन्तर मूल्याङ्कन गरिरहेको भन्दै उनले आलोचना गर्ने समाजमाथि नै आक्रामक हुनु गलत राजनीतिक चरित्र भएको बताए ।

‘हाम्रो व्यवहार, हाम्रा गतिविधि र हाम्रा तौरतरिकाको समाजले विश्लेषण गर्छ । विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो होइन। समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ लामिछानेले भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले जनताले दिएको जिम्मेवारीअनुसार पार्टी र सरकारका नेता तथा कार्यकर्ताले आफ्नो व्यवहार सुधार्नुपर्नेमा जोड दिए । जनताले रास्वपालाई १८२ सिट दिए पनि पार्टीका नेता तथा कार्यकर्तामा अहंकार बढेको हो कि भन्ने प्रश्नसमेत उनले उठाए ।

‘तर, हामी खरो उत्रिएका छौँ? जनताले १८२ सिट दिएका छन्, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्लिएका छौँ,’ उनले भने।

पार्टीका नेता तथा कार्यकर्ताले सर्वसाधारणलाई सम्मान गर्नुपर्ने बताउँदै लामिछानेले जनताको मतलाई ठालु पल्टिने माध्यम बनाउन नहुने धारणा राखे ।

उनले विगतमा रास्वपामा आबद्ध भएका नेता तथा कार्यकर्ताले तत्कालीन सत्ताबाट विभिन्न किसिमका प्रताडना भोग्नुपरेको स्मरण गरे। तर, विगतमा आफूहरूमाथि भएको व्यवहारको बदला लिन अहिले प्रहरी तथा प्रशासनको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो ।

‘हिजो कोही नहुँदा, एक्लै घण्टी बोकेर हिँड्दा हामीमाथि कति धेरै अपमान भएको थियो। हाम्रा साथीहरूलाई कयौँ मुद्दा लागेका छन्, सिफारिस पाएका छैनन् । व्यापार व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्दा लगाइदिने र अनुगमनका नाममा दुःख दिने काम हिजो भएको छ,’ लामिछानेले भने ।

तर, त्यसको प्रतिशोध लिन अहिले रास्वपाको नाममा प्रहरी तथा प्रशासनलाई राजनीतिक दबाब दिन नहुने उनले स्पष्ट पारे ।

‘त्यसको बदला लिनका लागि आज हामीले म त घण्टीको मान्छे हुँ, म त रास्वपाको मान्छे हुँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन। त्यसकारण हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन,’ उनले भने ।

जनताले अत्यधिक मत दिएर रास्वपालाई विजयी गराउनुको अर्थ ठालु पल्टिन नभई अझ बढी जनताको सेवा गर्न भएको लामिछानेको भनाइ थियो। जनतालाई असहज हुने खालका गतिविधि पार्टीका नेता तथा कार्यकर्ताबाट स्वीकार्य नहुने उनले बताए ।

जनताले दिएको अभिमतको दुरुपयोग नगर्न चेतावनी दिँदै उनले शक्ति प्राप्त भएको अवस्थामा अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ । जब तपाईंलाई सर्वाधिक शक्ति मिल्छ, त्यतिबेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप गर्न जरुरी हुन्छ। इतिहासले त्यो माग्छ,’ उनले भने।

उनले रास्वपाका नेता तथा कार्यकर्ताले ‘हाम्रै हातमा पुलिस छन्, हाम्रै हातमा सीडीओ छन्, हाम्रै हातमा सबै छन्’ भन्ने दम्भ त्याग्नुपर्ने पनि बताए। साथै, पार्टीभित्रको एकता कायम राख्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:२४
#राष्ट्रिय स्वतन्त्र पार्टी #रवि लामिछाने #चितवन #रास्वपा #सुशासन #प्रहरी प्रशासन #सीडीओ #राजनीतिक जवाफदेहिता #राजनीतिक चरित्र #राजनीतिक दम्भ #जनताको अभिमत
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
मधेश सरकार संकटमा, नेकपाले समर्थन फिर्ता लिने निर्णय गर्दै चार मन्त्रीलाई राजीनामा दिन निर्देशन शुक्रबार, कात्तिक २०, २०८३
तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या
तराईका पालिकामा उम्मेदवार बन्न रास्वपामा बढ्दै आकांक्षीको संख्या शुक्रबार, कात्तिक २०, २०८३
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा मंगलबार, कात्तिक १७, २०८३
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी मंगलबार, कात्तिक १७, २०८३
मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड
मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP