शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • विद्यालयमै नाबालिकामाथि जबर्जस्तीकरणीको आरोप, शिक्षक पक्राउ
विद्यालयमै नाबालिकामाथि जबर्जस्तीकरणीको आरोप, शिक्षक पक्राउ
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक २१, २०८३
A1 Beakery Add A1 Beakery Add

सिरहाको एक निजी विद्यालयमा अध्ययनरत साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा विद्यालयकै एक शिक्षक पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा दैनिक प्रशासनको जिम्मेवारीसमेत सम्हाल्दै अध्यापन गराउँदै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लुइँटेललाई गत मंगलबार जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । उनलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार आरोपी शिक्षकले गत कात्तिक ८ देखि १२ गतेसम्म टिफिनको समयमा बालिकालाई कार्यालयमा बोलाएर चकलेट दिने तथा विभिन्न प्रलोभन देखाउँदै पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

परिवारका अनुसार कात्तिक १७ गते बालिकाले रुँदै आफूमाथि भइरहेको दुर्व्यवहारबारे बताएपछि घटना सार्वजनिक भएको थियो। बालिकालाई पिसाब गर्नसमेत कठिनाइ हुन थालेपछि सुरुमा स्वास्थ्य समस्याको आशंका गरिएको परिवारको भनाइ छ । केही दिन विद्यालय नपठाउँदा समस्या कम हुने र पुनः विद्यालय पठाउँदा दोहोरिने गरेको परिवारले जनाएको छ ।

कात्तिक १७ गते अस्पतालमा स्वास्थ्य परीक्षण गराउने क्रममा स्वास्थ्यकर्मीले जबर्जस्ती करणी भएको हुन सक्ने आशंका व्यक्त गरेपछि परिवारले बालिकासँग सोधपुछ गरेको र त्यसक्रममा उनले आरोपी शिक्षकले आफूमाथि गरेको दुर्व्यवहारबारे बताएको जाहेरीमा उल्लेख छ ।

जाहेरी फिर्ता लिन दबाब र धम्की दिएको परिवारको गुनासो

आरोपी शिक्षक पक्राउ परेपछि विद्यालय सञ्चालकले केही राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन पीडित परिवारलाई आर्थिक प्रलोभन देखाउँदै दबाब तथा धम्की दिएको परिवारको गुनासो छ ।

पीडित परिवारकी एक आफन्तका अनुसार प्रहरीमा किटानी जाहेरी दर्ता भई आरोपी पक्राउ परिसक्दा पनि आर्थिक प्रलोभन र विभिन्न किसिमका धम्की दिने क्रम नरोकिएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारले दिएको जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

दोषीलाई कडा कारबाही गर्न मानव अधिकार सञ्जालको माग

विद्यालयमै नाबालिकामाथि यौन हिंसा भएको घटना सार्वजनिक भएपछि महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडित बालिकालाई न्याय सुनिश्चित गर्न माग गरेकी छन् ।

विज्ञप्तिमा अनुसन्धान तथा न्यायिक प्रक्रियामा कुनै पनि राजनीतिक, आर्थिक वा अन्य प्रकारको दबाब र प्रभाव पर्न नदिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ। साथै, कानुनबमोजिम दोषी ठहर हुने व्यक्तिलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

सञ्जालले पीडित बालिका तथा उनको परिवारको गोपनीयता, सुरक्षा र सम्मानलाई प्राथमिकता दिँदै आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

त्यस्तै, पीडित परिवारलाई न्याय प्राप्तिको प्रक्रियामा थप पीडा, धम्की, दबाब वा सामाजिक लाञ्छनाबाट संरक्षण गर्न स्थानीय सरकार, विद्यालय, प्रहरी तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

बालबालिकामाथि हुने यौन हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै सञ्जालले घटनाको न्यायिक प्रक्रियामाथि निगरानी राख्दै पीडितको न्याय, सुरक्षा र सम्मानका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १६:५०
#प्रहरी अनुसन्धान #सिरहा #बाल यौन हिंसा #धनगढीमाई नगरपालिका #नाबालिका #बालअधिकार #विद्यालय सुरक्षा #जबर्जस्ती करणी #शिक्षक पक्राउ #पीडितलाई न्याय #विश्वशान्ति एकेडेमी #महिला मानव अधिकार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जीतपुरमा करिब २ करोडको लगानीमा अनमोल स्वीट होटलको तेस्रो शाखा सञ्चालनमा
जीतपुरमा करिब २ करोडको लगानीमा अनमोल स्वीट होटलको तेस्रो शाखा सञ्चालनमा शनिबार, कात्तिक २१, २०८३
सप्तरीका पाँच स्थानीय तहमा ७८९ थान स्मार्ट लाइसेन्स पठाइयो, अब सेवाग्राहीले आफ्नै पालिकाबाट लिन पाउने
सप्तरीका पाँच स्थानीय तहमा ७८९ थान स्मार्ट लाइसेन्स पठाइयो, अब सेवाग्राहीले आफ्नै पालिकाबाट लिन पाउने शनिबार, कात्तिक २१, २०८३
बारामा मतदान स्थल तथा केन्द्र पुनरावलोकन गरिँदै, राजनीतिक दलसँग छलफलका लागि बैठक आह्वान
बारामा मतदान स्थल तथा केन्द्र पुनरावलोकन गरिँदै, राजनीतिक दलसँग छलफलका लागि बैठक आह्वान शनिबार, कात्तिक २१, २०८३
पटक–पटक रोकिएको गोलबजार–लगडी गदियानी सडक निर्माणले समात्यो गति
पटक–पटक रोकिएको गोलबजार–लगडी गदियानी सडक निर्माणले समात्यो गति शनिबार, कात्तिक २१, २०८३
मोटरसाइकलमा लागुऔषध तस्करी, १२९ बोतल कोरेक्स प्रहरीको नियन्त्रणमा
मोटरसाइकलमा लागुऔषध तस्करी, १२९ बोतल कोरेक्स प्रहरीको नियन्त्रणमा शनिबार, कात्तिक २१, २०८३
दीपावली र छठमा पटाका, जुवातास र प्लास्टिकका फूलगुच्छा प्रयोगमा रोक, नियम उल्लंघन गरे कारबाही हुने
दीपावली र छठमा पटाका, जुवातास र प्लास्टिकका फूलगुच्छा प्रयोगमा रोक, नियम उल्लंघन गरे कारबाही हुने शनिबार, कात्तिक २१, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात वीरगंज सिटी
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित)
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP