बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा एक किशोर घाइते भएका छन् ।
आफ्नै घरको आँगनमा गए राति करिब १०ः३० बजे पटका पड्काउने क्रममा आगलागी हुँदा १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।
बारा प्रहरीले दिएको जानकारीअनुसार पटका पड्केर आगलागी हुँदा देवानको दुवैतर्फको तिघ्रालगायत शरीरका विभिन्न भाग जलेका छन् ।
घटनालगत्तै घाइते किशोरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।