शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • १७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार
१७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक २४, २०८३
A1 Beakery Add A1 Beakery Add

बारा । बिरामीको चाप बढ्दै गएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालको सेवा नयाँ भवनबाट सुरु गरेको छ । जीर्ण तथा साँघुरो पुरानो भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएपछि उपमहानगरले कात्तिक दोस्रो सातादेखि चारतले नयाँ भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ भवनबाट सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न र सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सजिलो भएको बालरोग विशेषज्ञ डा. इस्लामुदिन अन्सारीले जानकारी दिए ।

हाल नगर अस्पतालमा दैनिक ३५० देखि ४०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि दैनिक १५० देखि २०० जनासम्म बिरामी आउने गरेकोमा नयाँ भवन र विशेषज्ञ सेवाको विस्तारसँगै बिरामीको संख्या बढेको अस्पताल प्रमुख डा. रौनियारले बताए ।

उनका अनुसार बालरोग उपचारका लागि वीरगंज, हेटौँडा र भरतपुर पुग्नुपर्ने अभिभावकहरू अहिले नगर अस्पतालमै आउन थालेका छन्। अस्पतालमा दैनिक ७० देखि ९० जनासम्म बालबालिका उपचारका लागि आउने गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

‘राम्रो सुविधा पाउन थालेपछि हेटौँडा, वीरगंज र भरतपुर धाउने अभिभावकहरू अहिले नगर अस्पताल आउनुहुन्छ,’ डा. अन्सारीले भने, ‘हामीकहाँ बालबालिकाको सबैखाले स्वास्थ्य परीक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मको सुविधा छ ।’

पुरानो भवनमा सेवा प्रवाह गर्दा निकै समस्या हुने गरेको उल्लेख गर्दै उनले नयाँ भवनमा बालबालिकाका लागि छुट्टै व्यवस्थित वार्डको व्यवस्था गरिएको बताए।

५० वर्ष पुरानो इतिहास बोकेको सिमरा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै उपमहानगरपालिकाले २०७९ सालमा नगर अस्पताल घोषणा गरेको थियो। नगरप्रमुख राजन पौडेलले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यकालमा अस्पतालको नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् ।

संघीय सरकार र उपमहानगरपालिकाको साझेदारीमा करिब १७ करोड रुपैयाँको लागतमा २५ शय्याको अस्पताल भवन निर्माण गरिएको हो ।

नगर अस्पतालमा बहिरङ्ग सेवा (ओपीडी), हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, फिजियोथेरापी, आधुनिक एनालाइजर प्रविधिसहितको प्रयोगशाला र फार्मेसी सेवा सञ्चालनमा छन् ।

अस्पताल प्रमुख डा. रौनियारका अनुसार विशेषज्ञ चिकित्सक थपिए पनि पुरानो भवनमा उनीहरूका लागि बस्ने कोठासमेत थिएन। भवनले बिरामी तथा स्वास्थ्य सेवाको चाप धान्न नसक्ने अवस्था भएपछि नयाँ भवनमा सर्नुपरेको उनले बताए ।

‘पहिला दैनिक १५० देखि २०० जना बिरामी आउँथे भने अहिले ४०० जनासम्मलाई सेवा दिइरहेका छौँ,’ उनले भने ।

नयाँ भवनमा तत्कालका लागि ओपीडी र प्रयोगशाला सेवा सुरु गरिएको छ भने अन्य सेवाहरू चरणबद्ध रूपमा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक, ११ जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ५५ जना कार्यरत छन् । अस्पतालले एक वर्षदेखि हाड तथा जोर्नीसम्बन्धी शल्यक्रिया सेवा पनि प्रदान गर्दै आएको छ ।

अस्पतालमै विशेषज्ञ चिकित्सकबाट शल्यक्रियासमेत हुन थालेपछि स्थानीय नागरिकलाई उपचारका लागि वीरगञ्ज, भरतपुर र काठमाडौँ धाउनुपर्ने बाध्यता कम हुँदै गएको डा. रौनियारको भनाइ छ।

यसैबीच, उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविकुमार भास्करले नवनियुक्त स्वास्थ्यकर्मीलाई अस्पतालका कमीकमजोरी पहिचान गरी सेवा सुधारमा सक्रिय हुन आग्रह गरेका छन्। उनले अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक सुझाव दिन तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन्।

नयाँ भवनबाट सेवा सुरु भएसँगै जीतपुरसिमरा नगर अस्पताललाई स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २०:००
#बारा #स्वास्थ्य सेवा #जीतपुरसिमरा #राजन पौडेल #विशेषज्ञ चिकित्सक #नगर अस्पताल #स्थानीय स्वास्थ्य सेवा #नयाँ अस्पताल भवन #१७ करोडको लगानी #बालरोग सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार मंगलबार, कात्तिक २४, २०८३
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु मंगलबार, कात्तिक २४, २०८३
रौतहटको पेटभर्वामा पुस्तौँ पुरानो सोहरैया पर्वको रौनक, दुई सयभन्दा बढी गाईभैँसी सहभागी
रौतहटको पेटभर्वामा पुस्तौँ पुरानो सोहरैया पर्वको रौनक, दुई सयभन्दा बढी गाईभैँसी सहभागी मंगलबार, कात्तिक २४, २०८३
विश्वासको मत जुटाउन नसकेपछि मधेसका मुख्यमन्त्री कृष्णा यादव राजीनामा दिने तयारीमा
विश्वासको मत जुटाउन नसकेपछि मधेसका मुख्यमन्त्री कृष्णा यादव राजीनामा दिने तयारीमा मंगलबार, कात्तिक २४, २०८३
जातीय घेरा तोड्दै बाँसका सामग्री बनाउने पेसामा जुटे विभिन्न समुदाय, कटैयागाउँका दुई सयभन्दा बढी व्यक्ति स्वरोजगार
जातीय घेरा तोड्दै बाँसका सामग्री बनाउने पेसामा जुटे विभिन्न समुदाय, कटैयागाउँका दुई सयभन्दा बढी व्यक्ति स्वरोजगार मंगलबार, कात्तिक २४, २०८३
सर्लाहीको चुरेवर्ती क्षेत्रमा खानेपानीको हाहाकार, हिउँदमा मुहान सुक्ने र बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता
सर्लाहीको चुरेवर्ती क्षेत्रमा खानेपानीको हाहाकार, हिउँदमा मुहान सुक्ने र बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता सोमबार, कात्तिक २३, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! वीरगंज सिटी
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP