बङ्गलादेश । पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बङ्गलादेश सरकारले सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ ।
सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उनको पार्टी अवामी लिगका समर्थकहरू सक्रिय भएका छन् । बङ्गलादेशमा अवामी लिग प्रतिबन्धित रहेकाले पार्टी समर्थकहरूले गर्ने प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आएको समाचारमा उल्लेख छ ।
यसैबीच, बङ्गलादेशका कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत स्वदेश फर्कने बताएका छन् ।
मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनाले फैसलाविरुद्ध अपिल गर्न पाउने ३० दिने समयसीमा समाप्त भएपछि उनका कानूनी विकल्प सीमित हुने मन्त्रीको भनाइ छ ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । उक्त फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक भएको थियो ।