नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो ।
महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको थियो ।
यससँगै नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।