नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ११० रुपैयाँले सस्तो भएको हो ।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा आज सुन प्रतितोला २ लाख ६० हजार रुपैयाँ र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।