शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन हुँदै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन हुँदै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, मंसिर ५, २०८३
A1 Beakery Add A1 Beakery Add

बारा । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएको करिब दुई वर्षपछि औपचारिक उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री बालेन शाहको आइतबारदेखि हुने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

आयल निगमको प्रादेशिक डिपो अमलेखगञ्जका अनुसार दुई देशका प्रधानमन्त्रीले सोमबार बिहान १० बजेपछि संयुक्त रूपमा पाइपलाइनको दोस्रो चरण उद्घाटन गर्नेछन् । सोही अवसरमा अमलेखगञ्ज डिपोमा राखिएको शिलालेखको पनि उद्घाटन गरिनेछ ।

निगमका प्रादेशिक डिपो प्रमुख अशोक साहका अनुसार दोस्रो चरणको निर्माण कार्य सम्पन्न भइसकेको छ । उनले यसलाई नयाँ आयोजना सञ्चालनभन्दा पनि सम्पन्न संरचनाको औपचारिक हस्तान्तरण तथा उद्घाटनका रूपमा बुझ्नुपर्ने बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पाइपलाइनको दोस्रो चरणअन्तर्गत २०८१ फागुनदेखि नै पेट्रोल र मट्टितेल आयात सुरु भइसकेको छ । पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएकोमा दोस्रो चरणको काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थको आयात थप सहज बनेको हो ।

दुई चरणको पूर्वाधार निर्माणमा भारतीय आयल निगमले अनुदानस्वरूप करिब पाँच अर्ब रुपैयाँ बराबरको सहयोग गरेको छ। दोस्रो चरणअन्तर्गत भण्डारण क्षमता अभिवृद्धि तथा पूर्वाधार निर्माणमा भारतीय आयल कर्पोरेसनले ६० करोड र नेपाल आयल निगमले एक अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।

दोस्रो चरणमा अमलेखगञ्ज डिपोमा डिजेल र पेट्रोल भण्डारणका लागि चारवटा ट्याङ्की, दुईवटा ट्रान्समिक्स ट्याङ्की, विद्युतीय प्रवाह कक्ष, ट्याङ्कर जाँच गर्ने गार्ड हाउस, कन्ट्रोल रुम तथा स्वचालित तेल भर्ने लोडिङ बे हाउस लगायतका संरचना निर्माण गरिएका छन् ।

पाइपलाइन सञ्चालनमा आएपछि नेपाललाई इन्धन ढुवानीमा ठूलो आर्थिक बचत भएको छ। विगतमा मोतीहारीदेखि पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा इन्धन खर्च र ढुवानी भाडाबापत मासिक करिब १५ करोड रुपैयाँ खर्च हुने गरेको थियो। यसबाट वार्षिक एक अर्ब ८० करोड रुपैयाँसम्म बचत भएको निगमको भनाइ छ।

त्यस्तै, भारतको बरौनीदेखि अमलेखगञ्जसम्म ट्याङ्करमार्फत पेट्रोल ढुवानी गर्दा प्रतिलिटर तीन रुपैयाँ खर्च हुने गरेकोमा अहिले पाइपलाइनबाट आयात गर्दा प्रतिलिटर करिब ५० पैसा मात्रै खर्च हुने गरेको छ ।

अमलेखगञ्ज डिपोले हाल मुलुकको कुल पेट्रोलियम पदार्थको खपतको करिब ७५ प्रतिशत माग धान्दै आएको छ । उक्त डिपोबाट देशका २० जिल्लामा रहेका सरकारी तथा निजी पेट्रोल पम्पहरूमा इन्धन वितरण हुँदै आएको छ ।

डिपो प्रमुख साहका अनुसार अमलेखगञ्जमा मासिक ४८ हजार किलोलिटर पेट्रोल र ६० देखि ७० हजार किलोलिटर डिजेल पाइपलाइनमार्फत आयात हुने गरेको छ । पाइपलाइन चौबिसै घण्टा सञ्चालनमा रहने भएकाले इन्धन आपूर्तिमा सहजता आएको र हाल डिपोमा सात दिनसम्म पुग्ने भण्डारण क्षमता रहेको उनले बताए ।

यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने नयाँ पेट्रोलियम पाइपलाइन परियोजनाको पनि संयुक्त शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उक्त आयोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने जनाइएको छ ।

स्मरणीय छ, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो चरणको उद्घाटन २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए । त्यतिबेला सिंहदरबार र नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत स्विच थिचेर पाइपलाइन सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०६:००
#पेट्रोलियम पाइपलाइन #नेपाल–भारत सम्बन्ध #पेट्रोल आयात #भारत भ्रमण #प्रधानमन्त्री बालेन शाह #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी #मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन #अमलेखगञ्ज डिपो #आयल निगम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
जनकपुर–अयोध्या रेलको प्रचारमा सरकार, नेपाल रेल्वेको जग्गामा भारतीयको रजाइँ (भिडियो रिपोर्ट सहित)
जनकपुर–अयोध्या रेलको प्रचारमा सरकार, नेपाल रेल्वेको जग्गामा भारतीयको रजाइँ (भिडियो रिपोर्ट सहित) शनिबार, मंसिर ५, २०८३
न्यायाधीशका पीएसओले आफैंलाई गोली हाने, घटनास्थलमै मृत्यु
न्यायाधीशका पीएसओले आफैंलाई गोली हाने, घटनास्थलमै मृत्यु शुक्रबार, मंसिर ४, २०८३
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी बिहीबार, मंसिर ३, २०८३
चुरियामाई–रातमाटे जंगलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु
चुरियामाई–रातमाटे जंगलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु बिहीबार, मंसिर ३, २०८३
जसपा नेपाल छाडेका ७ जिल्लाका १८ जनप्रतिनिधिको पद रिक्त, नामसहित विवरण सार्वजनिक
जसपा नेपाल छाडेका ७ जिल्लाका १८ जनप्रतिनिधिको पद रिक्त, नामसहित विवरण सार्वजनिक बिहीबार, मंसिर ३, २०८३
भीमफेदी सुमो दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो, सात जना घाइते
भीमफेदी सुमो दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो, सात जना घाइते बिहीबार, मंसिर ३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजबाट करिब १० लाखको भन्सार छलीका सामान बरामद
वीरगंजबाट करिब १० लाखको भन्सार छलीका सामान बरामद वीरगंज सिटी
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक वीरगंज सिटी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP