नेकपा एमालेको वीरगंज महानगर कमिटीको बैठक बस्ने स्थान परिवर्तन भएको छ ।
पार्टीको आफ्नै कार्यालय हुँदाहुँदै महानगर कमिटीका बैठकहरू नेताहरूको निजी निवासमा बस्दै आएको पाइएको छ । यसअघि एमाले वीरगंज महानगर कमिटीका बैठकहरू वीरगंज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीको घरमा बस्ने गरेका थिए । तर, आज आयोजित महानगर कमिटीको बैठक भने बिचारी यादवको घरमा बसेको थियो ।
पहिले सरावगीको निवासमा बैठक बस्दै आएको महानगर कमिटीको गतिविधि अहिले यादवको घरमा केन्द्रित भएको देखिएको छ । पार्टी कार्यालय उपलब्ध हुँदाहुँदै पनि संगठनका औपचारिक बैठकहरू व्यक्तिका निजी घरमा सञ्चालन हुन लागेको देखिन्छ ।
त्यस्तै, पार्टीको बैठक तथा कार्यालय सञ्चालनसम्बन्धी गतिविधि पारदर्शी र व्यवस्थित रूपमा हुनुपर्नेमा लुकिछिपी निजी निवासमा बैठक बस्ने प्रवृत्तिले एमाले महानगर कमिटीको कार्यशैलीमाथि पनि प्रश्न खडा उठेको छ । राजनीतिक दलका संगठनात्मक गतिविधि पार्टी कार्यालयबाटै पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने अपेक्षाबीच एमाले वीरगंज महानगर कमिटीले निजी निवासमा बैठक बस्नुपर्ने कारणबारे स्पष्ट भएकाे छैन् ।
बैठकमा महानगरका पुर्व केन्द्रिय सदस्य अरविन्द सिंह, मधेश प्रदेश सचिवालय सदस्य बासुदेव यादव, उपाध्यक्ष तथा वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जु बहादुर छतकुली, वडा नम्बर २४ का वडा अध्यक्ष विजय पटेल,वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, एमाले महानगरको सह सचिव जयनरायण यादव, वडा नम्बर २५का पुर्व वडा अध्यक्ष विसराज कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।