धनुषामा ट्याक्टरबाट लडेर चक्काले किच्दा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको कमला नगरपालिका–२, सराबेस्थित सडकमा ट्याक्टरले किच्दा हंसपुर नगरपालिका–९, रुदौली निवासी रामकुमार मण्डलका १४ वर्षीय छोरा जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।
मधेस प्रदेश ०२–००१ त ३१९९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार जिसान्त लडेर चक्कामुनि परेका थिए। ट्याक्टरको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।