काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुखको रूपमा चयन गरेको हो । यससँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख रहेका थापा नेपाल प्रहरीको ३१औं आईजीपी बन्न सफल भएका छन् ।
३०औं आईजीपी वसन्त कुँवर सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जाँदैछन् । कुँवरको अवकाशको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
आईजीपी पदका तीन प्रतिस्पर्धीमध्ये थापा वरियतामा पहिलो स्थानमा थिए। दोस्रो स्थानमा प्रहरी एआईजी सुदीप गिरी र तेस्रो स्थानमा टेकबहादुर तामाङ रहेका थिए ।