प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
दुई साताको अन्तरालपछि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा सरकारका नियमित कामकाज तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
लामो समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ । बैठकका एजेन्डा तथा सम्भावित निर्णयबारे थप विवरण आउन बाँकी छ ।