इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।
अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
मुम्बई इण्डियन्सले हालसम्म ३ खेल खेल्दै तालिकाको छैठौं स्थानमा रहेको छ भने लखनउ सुपर जायन्ट्स ३ खेल खेलेर तालिकाको सातौं स्थानमा छ । अबसम्म आईपीएलमा लखनउ र मुम्बईले ६ खेल खेलेका छन्, जसमा लखनउले ५ खेल जितेको छ भने मुम्बईले १ मात्र खेल जित्न सफल भएको छ ।