शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #संगठित अपराध
  • #वित्तीय अपराध
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक ११, २०८३
A1 Beakery Add A1 Beakery Add

रक्सौल । भारतको बिहार राज्यस्थित सीमावर्ती सहर रक्सौलमा सशस्त्र सीमा बल (एसएसबी) ले समाजलाई लागुऔषधमुक्त बनाउने उद्देश्यले ‘नशामुक्त भारत अभियान’ सञ्चालन गरेको छ ।

सीमाको सुरक्षासँगै युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउने र समाजमा जनचेतना फैलाउने उद्देश्यले सीमावर्ती पन्टोका क्याम्पमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन पश्चिम चम्पारणका सांसद तथा भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रदेश अध्यक्ष डा. सञ्जय जयसवाल, एसआरपी अस्पतालका निर्देशक डा. सुजीत कुमार र एसएसबीको ४७औँ बटालियनका कमान्डेन्ट सञ्जय पाण्डेयले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सडक नाटक प्रस्तुत गर्दै लागुऔषध सेवनबाट हुने स्वास्थ्य समस्या, आर्थिक क्षति र पारिवारिक विखण्डनबारे जनचेतना फैलाएका थिए। उनीहरूले लागुऔषधको दुर्व्यसनले व्यक्ति मात्र नभई परिवार र समाजलाई समेत असर गर्ने सन्देश दिएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एसआरपी अस्पतालका निर्देशक डा. सुजीत कुमारले नशामुक्ति अभियानका तीन प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउने, दुर्व्यसनमा फसेकाहरूको उपचार गर्ने र लागुऔषधविरुद्ध समाजमा जनचेतना फैलाउने अभियानका मुख्य लक्ष्य हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. सञ्जय जयसवालले मदिरा, गाँजा, चरेस तथा अन्य लागुऔषधसँगै मोबाइलको अत्यधिक प्रयोग पनि आजको समाजका लागि चुनौती बन्दै गएको बताउनुभयो। उहाँले युवालाई पुस्तक पढ्ने बानी विकास गर्न र मोबाइलको सदुपयोग गर्न आग्रह गर्दै लागुऔषधबाट टाढा रहन सुझाव दिनुभयो ।

कार्यक्रमका क्रममा सांसद जयसवालले हालै सम्पन्न विधान परिषद् निर्वाचनबारे पनि प्रतिक्रिया दिनुभएको थियो । उहाँले विरोधका बाबजुद भाजपाले राम्रो प्रदर्शन गरेको दाबी गर्दै पटना निर्वाचनलाई प्रतिष्ठाको विषयका रूपमा लिइएको बताउनुभयो। उहाँले नीरजको जितबारे पनि उल्लेख गर्नुभएको थियो ।

एसएसबीको ४७औँ बटालियनका कमान्डेन्ट सञ्जय पाण्डेयले नशामुक्त भारत अभियानमार्फत युवालाई दुर्व्यसनबाट जोगाउँदै स्वस्थ, सशक्त र जिम्मेवार राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा कम्प्युटर तालिम प्राप्त युवालाई प्रमाणपत्र वितरण गरिएको थियो। सडक नाटक प्रस्तुत गर्ने विद्यार्थी तथा स्वास्थ्य परीक्षणमा सहभागी स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसैगरी, कार्यक्रममा मानव तथा पशु स्वास्थ्य उपचारको व्यवस्था गरिएको थियो। ग्रामीण क्षेत्रका बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए। एसएसबीको मेडिकल टोली र निजी अस्पतालका स्वास्थ्यकर्मीले निःशुल्क उपचार गर्नुका साथै औषधिसमेत वितरण गरेका थिए ।

सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस अभियानले सीमावर्ती क्षेत्रका बासिन्दा तथा युवामा लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २१:४९
#बिहार #रक्सौल #भारत नेपाल सीमा #स्वास्थ्य सचेतना #एसएसबी #लागुऔषध दुर्व्यसन #निःशुल्क स्वास्थ्य शिविर #पशु स्वास्थ्य सेवा #सशस्त्र सीमा बल #नशामुक्त भारत अभियान #युवा जनचेतना #डा. सञ्जय जयसवाल #डा. सुजीत कुमार #सञ्जय पाण्डेय #पन्टोका क्याम्प #सडक नाटक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव बुधबार, कात्तिक ११, २०८३
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह मंगलबार, कात्तिक १०, २०८३
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत मंगलबार, कात्तिक १०, २०८३
भारतको मोतिहारीमा मिनी गन फ्याक्ट्रीको पर्दाफास, हतियारसहित बाबुछोरा पक्राउ (तस्बिरहरू)
भारतको मोतिहारीमा मिनी गन फ्याक्ट्रीको पर्दाफास, हतियारसहित बाबुछोरा पक्राउ (तस्बिरहरू) सोमबार, कात्तिक ९, २०८३
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन सोमबार, कात्तिक ९, २०८३
प्रेमीसँग विवाह गर्न नदिएपछि मोबाइल टावर चढिन् युवती, फोनबाटै भयो विवाह
प्रेमीसँग विवाह गर्न नदिएपछि मोबाइल टावर चढिन् युवती, फोनबाटै भयो विवाह आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह वीरगंज सिटी
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न वीरगंज सिटी
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP