काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
कुँवरले पत्रकार सुरेश रजकको जलेको घरमा ताला लगाएर फर्किएको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटनापछि उनले फेसबुक लाइभ गर्दै ‘बचाउन आउनुहोला’ भनेर अपील गरेकी थिइन् ।
प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।