गुल्मी | नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको बताएका छन् । मंगलबार गुल्मीमा आयोजित काँग्रेस जिल्ला अधिवेशनमा बोल्दै उनले सरकारको गति सुस्त भएको टिप्पणी गरेका हुन् ।
महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूले केही समय मौन बसेर नतिजामुखी काममा लाग्नुपर्ने सुझाव दिएका छन्। उनले राम्रो कामको प्रचार काँग्रेसले गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । जनताबीच बढ्दो असन्तुष्टि समाधान गर्नु काँग्रेसको दायित्व रहेको भन्दै उनले केही तत्वहरूले त्यो असन्तुष्तिमा मट्टितेल खन्याउने प्रयास गरिरहेको आरोप लगाए । कांग्रेस सरकारको हिस्सा भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख गर्दै थापाले संविधान संशोधन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण काँग्रेसको प्राथमिकता भएको बताए ।
उनले गलत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइनुपर्ने धारणा समेत राखे ।