शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । 

यसले दुई देशका नागरिकबीचको आत्मीयता र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने, आर्थिक उन्नयन हुने भन्दै यस क्षेत्रका राजनीतिक दल र सरोकारवालाले खुसी व्यक्त गरेका छन् । जनकपुरधाम माता सीताको जन्मभूमि हो भने अयोध्या भगवान् रामको । 

रामायणसँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरीबीच रेल सेवा सञ्चालन हुन लागेको विषयलाई धार्मिक पर्यटन प्रवद्र्धनका साथै दुई देशबीचको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी) ले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । 

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्याको क्यान्ट पुग्नेछ । 

त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्ने प्रबन्धक पराजुलीले बताउनुभयो ।

उक्त रेलको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ ।

उत्तर रेल्वे, लखनउ, मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणा अनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेललाई आज दिउँसो हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम छ ।

जनकपुरधाम र अयोध्या दुवै रामायणसँग सम्बन्धित धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिँदै आएको छ । यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटक तथा श्रद्धालुको आवागमन सहज हुने र रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न रेल सेवा कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

उहाँले रेल सेवा सञ्चालनले धार्मिक पर्यटनसँगै नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतका विभिन्न स्थानबाट अयोध्या आउने तीर्थयात्रीलाई जनकपुरधामसम्म ल्याउन र नेपालबाट अयोध्या जाने श्रद्धालुलाई सहज आवागमनको व्यवस्था गर्न रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटक आवागमन बढाउने बताउनुभयो । उहाँले जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तरराष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटक पथप्रदर्शक तथा हस्तकला क्षेत्रमा आबद्ध व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्ने उहाँको भनाइ छ । त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको खबरले खुसी लागेको बताउनुभयो । लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा अहिले कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक भएको उहाँको भनाइ छ ।उहाँले रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच आवश्यक नीतिगत निर्णय, प्रशासनिक समन्वय तथा पूर्वाधार व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । यसलाई राष्ट्रिय हित, धार्मिक पर्यटन र आर्थिक विकाससँग जोडिएको साझा परियोजनाका रूपमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ११:३८
#मधेश प्रदेश #जनकपुरधाम #पर्यटन विकास #जानकी मन्दिर #धार्मिक पर्यटन #नेपाल भारत सम्बन्ध #भारत भ्रमण #मिथिला संस्कृति #नेपाल रेल्वे #अयोध्या #प्रधानमन्त्री बालेन शाह #रामायण सर्किट #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी #जनकपुरधाम अयोध्या रेल सेवा #राम सीता #वन्दे भारत एक्सप्रेस
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन सोमबार, मंसिर ७, २०८३
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ सोमबार, मंसिर ७, २०८३
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ सोमबार, मंसिर ७, २०८३
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा सोमबार, मंसिर ७, २०८३
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित सोमबार, मंसिर ७, २०८३
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण वीरगंज सिटी
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप वीरगंज सिटी
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP