शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

जग्गाको बिटौरी रसिद साढे आठ दशकदेखि काट्दै आए पनि लालपुर्जा पाउन नसकेका राजविराजवासीमा अब जग्गाको स्वामित्व प्राप्त गर्ने आशा पलाएको छ । सरकारले बिटौरी जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि पुस्तौँदेखि जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेका हजारौँ परिवारमा खुसी छाएको छ । 

राजविराज नगरपालिकामा एक हजार ७२८ घरपरिवारले लामो समयदेखि बिटौरी जग्गाको रसिद काट्दै आएको तथ्याङ्क छ । ती जग्गाधनीले छोराछोरी र नातिनातिनामा अंशबन्डा गर्दै जाँदा अहिले पाँच हजार दुई सयभन्दा बढी परिवार लालपुर्जाको प्रतीक्षामा रहेका जनाइएको छ । बर्सौंदेखि घर बनाएर बसोबास गर्दै स्थानीय तहलाई नियमित रूपमा बिटौरी कर तथा राजस्व बुझाउँदै आए पनि जग्गाको कानुनी स्वामित्व नपाउँदा उनीहरूले विभिन्न समस्या झेल्दै आएका छन् ।

भूमि प्रशासन कार्यालय राजविराजले शुक्रबार बिटौरी जग्गा दर्ताका लागि सूचना प्रकाशित गरेपछि लालपुर्जा पाउने विश्वास बढेको हो । कार्यालयले ३५ दिनभित्र आवश्यक प्रमाणसहित निवेदन पेस गर्न सम्बन्धित जग्गावालालाई आग्रह गरेको छ । 

सरकारी प्रतिबद्धता कार्यान्वयन 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सरकारले गत असोज २३ गते प्रकाशित गरेको ‘बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा बिटौरी जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३’ अनुसार भूमि प्रशासन कार्यालय राजविराज, सप्तरी बिटौरी जग्गा दर्ता समितिले प्रक्रिया अघि बढाएको हो । 

बिटौरी जग्गा दर्ता समितिका सदस्यसचिव किशोरकुमार रामद्वारा प्रकाशित सूचनापछि राजविराज नगरवासीको लालपुर्जा प्राप्तिका लागि जनआन्दोलन परिचालन समितिले सरकारको कदमको स्वागत गर्दै प्रक्रिया सहज बनाउन माग गरेको छ । समितिका संयोजक खेलानन्दकुमार दासले सरकारले गरेको प्रतिबद्धता पूरा गर्ने दिशामा प्रक्रिया अघि बढाउनु स्वागतयोग्य भएको बताउनुभयो । जग्गाधनीले सहज रूपमा लालपुर्जा पाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “लालपुर्जा पाउने आशाले बर्सौंदेखि अन्योलमा रहेका परिवारमा खुसी थपिएको छ ।” 

कागजात जुटाउन चुनौती 

लालपुर्जा प्राप्तिको बाटो खुलेसँगै आवश्यक कागजात जुटाउने चुनौती पनि देखिएको छ । भूमि प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाको नक्सा वा नक्सा ट्रेसको प्रमाणित प्रतिलिपि, क्षेत्रीय किताब ९फिल्डबुक० प्रमाणित प्रतिलिपि, स्थानीय तहबाट प्राप्त बिटौरी रसिदको प्रमाणित प्रतिलिपि, भोगचलन तथा तत्कालीन बसोबास पुष्टि हुने किटानी सिफारिस, नक्सापास, निर्माण सम्पन्न प्रतिवेदनलगायतका कागजात माग गरेको छ । 

तीमध्ये नागरिकताको प्रतिलिपि, बिटौरी रसिद, अदालतको मिलापत्र, बैङ्क तथा वित्तीय संस्थाको लिलामसम्बन्धी कागजात र अन्य प्रमाण सम्बन्धित व्यक्तिले उपलब्ध गराउन सक्ने भए पनि नक्सा, फिल्डबुक, स्थानीय तहको सिफारिस तथा भूमि प्रशासन कार्यालयका पुराना लिखत विभिन्न सरकारी निकायमा रहेका अभिलेखबाट सङ्कलन गर्नुपर्ने अवस्था छ । यसै विषयलाई ध्यानाकर्षण गराउँदै आन्दोलन परिचालन समितिले भूमि प्रशासन कार्यालय राजविराजका प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएको छ । 

समितिका अनुसार पाँच हजारभन्दा बढी परिवारले ३५ दिनभित्र छुट्टाछुट्टै कार्यालय पुगेर सबै कागजात सङ्कलन कठिन छ । यसबाट नागरिकलाई आर्थिक भार, प्रशासनिक झन्झट र कार्यालयमा भिडभाड बढ्ने तथा बिचौलियाको चलखेल हुन सक्ने जोखिमसमेत रहने ज्ञापनपत्रमा उल्लेख छ । 

समितिले नापी कार्यालय तथा सम्बन्धित सरकारी निकायमा रहेका नक्सा, नक्सा ट्रेस, फिल्डबुक र अन्य अभिलेख भूमि प्रशासन कार्यालयकै पहलमा सामूहिक रूपमा झिकाउने व्यवस्था गर्न माग गरेको छ । स्थानीय तहबाट प्राप्त गर्नुपर्ने भोगचलनको विवरण, किटानी सिफारिस, नक्सापास तथा निर्माण सम्पन्नसम्बन्धी अभिलेख पनि राजविराज नगरपालिकासँग संस्थागत समन्वय गरी उपलब्ध गराउनुपर्नेलगायतका  माग गरिएको छ । 

भूमि प्रशासन कार्यालय सप्तरी, बिटौरी जग्गा दर्ता समितिका सदस्यसचिव किशोरकुमार रामले सङ्घर्ष समितिले बुझाएको पत्र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार नै पठाइएको बताउनुभयो । मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइने जानकारी उहाँले दिनुभयो । 

सप्तरीको राजविराज नगरपालिकामा ६८ बिघा, हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई बिघासहित बोदेबरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिकालगायतका पालिकामा गरी करिब एक सय बिघा बिटौरी जग्गा रहेको अनुमान गरिएको छ ।   

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ११:१३
#मधेश प्रदेश #सप्तरी #राजविराज #राजविराज नगरपालिका #भूमि व्यवस्था मन्त्रालय #लालपुर्जा #सरकारी जग्गा #भूमि समस्या #भूमि प्रशासन कार्यालय #जग्गाधनी #जग्गा दर्ता #जग्गाको स्वामित्व #बिटौरी जग्गा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन सोमबार, मंसिर ७, २०८३
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ सोमबार, मंसिर ७, २०८३
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ सोमबार, मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क सोमबार, मंसिर ७, २०८३
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित सोमबार, मंसिर ७, २०८३
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण वीरगंज सिटी
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप वीरगंज सिटी
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP