शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

नयाँ दिल्ली । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।

संयुक्त रूपमा उद्घाटन गरेलगत्तै अयोध्याबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा रेल विभागका उच्च अधिकारीहरूले जनकपुरधाम आउने रेललाई बिदाइ गर्ने कार्यक्रम छ ।

नयाँ रेल सेवासँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्। यसले दुई देशबीचको धार्मिक पर्यटन, सीमापार आवागमन तथा सांस्कृतिक आदानप्रदानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतीय रेलवे विभागले यसअघि नै नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

भारतीय रेल मन्त्रालयका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ। रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ ।

त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

६०४ किलोमिटर लामो रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।

नेपाली भूमिमा भारतीय रेल सञ्चालन हुँदा सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेपाल र भारतबीच यसअघि लामो समय छलफल भएको थियो । नेपालले आफ्नो भूमिमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने धारणा राखेको थियो भने भारतले भारतीय रेलको सुरक्षामा आफ्नै सुरक्षाकर्मी रहने अडान राखेको थियो ।

धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलमार्गबाट जोडेर रामायण सर्किट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

रेल सेवा सञ्चालनसँगै दुवै देशका धार्मिक पर्यटक तथा श्रद्धालुहरूलाई एक धार्मिक नगरीबाट अर्को धार्मिक नगरीसम्म आवतजावत गर्न सहज हुनेछ। यसले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

जनकपुरधाम आएका पर्यटकलाई नेपालका अन्य पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन जनकपुरबाट पोखरालगायतका सहरमा हवाई सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको छ ।

हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो। त्रेतायुगमा राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई धार्मिक नगरीलाई रामायणको साझा सांस्कृतिक परम्परासँग जोडेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर तथा विवाहमण्डप र अयोध्यास्थित राम मन्दिरलगायतका धार्मिक स्थलले नेपाल–भारतबीचको साझा धार्मिक आस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दै आएका छन् ।

विशेषगरी प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवका अवसरमा अयोध्याबाट साधु, सन्त तथा श्रद्धालुहरूको जन्ती जनकपुरधाम आउने र यहाँबाट पनि धार्मिक परम्पराअनुसार भार पठाउने चलन छ। यसले दुई धार्मिक सहरबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरुवातले नेपाल–भारतबीचको रेल सम्पर्क र धार्मिक पर्यटनमा थप विस्तार हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १४:२७
#नरेन्द्र मोदी #जनकपुरधाम #धार्मिक पर्यटन #नेपाल–भारत सम्बन्ध #अयोध्या #प्रधानमन्त्री बालेन शाह #विशेष रेल सेवा #जनकपुरधाम–अयोध्या रेल सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ सोमबार, मंसिर ७, २०८३
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ सोमबार, मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क सोमबार, मंसिर ७, २०८३
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा सोमबार, मंसिर ७, २०८३
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित
‘सइ’ भन्दै सहकर्मीलाई गाली गर्ने हवल्दार निलम्बित सोमबार, मंसिर ७, २०८३
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण
सामाजिक सुरक्षाका लक्षित वर्ग पहिचान गर्न मधेशका पालिकालाई प्रशिक्षण सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण वीरगंज सिटी
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप वीरगंज सिटी
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP