काठमाडौँ । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध उत्पीडन (ह्यारेस्मेन्ट)को आरोप लगाउँदै एक मुद्दा दायर गरेको छ । कम्पनीले मस्कलाई गैरकानुनी र अनुचित कार्य गर्नबाट रोक्नको लागि संघीय न्यायाधीशसामु अनुरोध गरेको छ ।
कम्पनीका अनुसार, मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानले २०१५ मा एआई कम्पनी सह–स्थापना गरेका थिए, तर मस्कले संस्थालाई ख्याति कमाउनुअघि नै उक्त संस्था छाडेका थिए। पछिल्लो समयमा मस्कले आफ्नै एआई फर्म एक्सएआई स्थापना गरेपछि ओपनएआईलाई नाफा कमाउने संस्थामा परिवर्तन गर्न रोक्न खोजेका थिए ।
ओपनएआईले भनेको छ कि मस्कको प्रयासले कम्पनीलाई हानि पुर्याउने सम्भावना छ र त्यसकारण मुद्दा दायर गरिएको हो। कम्पनीको ४० अर्ब डलरको कोष संकलनका लागि यो परिवर्तन आवश्यक भएको उल्लेख गरिएको छ । ओपनएआईले क्यालिफोर्निया राज्यको एक संघीय अदालतमा मस्कविरुद्ध मुद्दा दायर गर्दै यसलाई कानुनी लडाइँको हिस्सा भनेको छ ।