चेङदु (चीन) । चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा आधारित ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। उक्त जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी)ले दिएको हो ।
झण्डै ५० किलो तौलको उक्त ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयको संयुक्त प्रयासमा विकास गरिएको हो ।
ड्रोनले हाइड्रोजन इन्धनको विशेष ऊर्जाशील गुण प्रयोग गरी लामो समयसम्म स्थायी निगरानी गर्न सक्ने क्षमता प्रदर्शन गरेको बताइएको छ। यो कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा गरिएको थियो ।
ड्रोनलाई चालकरहित सवारीसाधनको छतबाट उडान गराइएको थियो। गतिको क्रममा नै ड्रोन सफलतापूर्वक आकाशमा उडेपछि परीक्षणलाई सफल मानिएको छ ।
विकासकर्ताहरूका अनुसार यो सफलता हाइड्रोजन इन्धनमा आधारित प्रविधिको सम्भावना र भविष्यप्रतिको मार्गप्रशस्त गर्ने ऐतिहासिक उपलब्धि हो ।