हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक ¥यालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कर्फ्यू परिस्थितिमा समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ ।
शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।
तर, तेश्राे बैठकको प्रारम्भमै सामाजिक सञ्जालमा आएका पाेस्टकाे विषयमा टिप्पणी र अभिव्यक्तिको विषयमा दुवै पक्षबीच चर्काचर्की सुरु भयो । सामान्य छलफलमै बहस बढ्दै गएपछि एक–अर्काप्रति गाली–गलौज तथा हात हालहालकाे स्थिति बनेपछि बैठक स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठककाे वातावरण शान्तिपूर्ण नभएकाले केही बेरका लागी रोकिएको थियाे । यता प्रशासनले वीरगञ्जमा निषेधाज्ञा थपगरी राती १२ बजेसम्म थप गरेकाे छ । सामुदायिक एकता र मेलमिलापका लागि आवश्यक राजनीतिक तथा सामाजिक सहकार्य गर्न प्रहरी प्रशासन लागि परेकाे छ ।
अपडेट
विवादपछि केहीबेर स्थगित बैठक सुरू भएकाे छ । – स. सम्पादक