काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ७ बुँदामा आलोचना गरेका छन् ।
महामन्त्री शर्माले सरकारको ७ कमजोरी औल्याउँदै ट्वीटरमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’
उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धि विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआइजी नियुक्तको विषयमा उठाएका छन्।
नगर्नुपर्ने निर्णयमा हतारो / गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन l मुख्य दुईदल सम्मीलित सरकारको गति संतोषजनक भएन
कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ l सरकार अलमल बाहिर अनुभुतीमा भेटिनुपर्छ ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ! pic.twitter.com/no4QWlk4kh
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 16, 2025