काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको हेर्न नमिल्ने भएको छ । आजका लागि पेसी तोकिएको लामिछानेको रिट न्यायाधीश हरि फुयाँलको इजलासमा परेको थियो । तर आज हेर्न नभ्याइनेमा परेपछि मंगलबारका लागि पेशी तोकिएको छ ।
लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए । लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।
तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।