काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम दिएका छन्। मङ्गलबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ट्रेड युनियनका नेताहरूले आफ्नो माग समितिसामु राख्दै माग सम्बोधन नभए आन्दोलनको अर्को चरण सुरु गर्ने चेतावनी दिएका हुन्।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन गर्दै निजामती सेवा विधेयक संसद्मा पेस गर्न माग गरे। ‘७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ उनले स्पष्ट पारे ।
विधेयक हाल राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ भने संसद्को वर्षे अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुँदैछ । ट्रेड युनियन नेताहरूले त्यसै दिन विधेयक संसद्मा पेस हुने वातावरण बनाइनुपर्ने बताएका छन्।
उनीहरूले ऐन निर्माणमा दबाब दिन पुनः सडक आन्दोलनमा जानुपर्ने अवस्था नआओस् भन्ने चेतावनीसमेत दिएका छन् ।
मागहरू यस्ता छन् :


