काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आउँदो वैशाख १७ गते एकता घोषणा गरिने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयका अनुसार दुई दलबीचको एकताको तयारी अन्तिम चरणमा पुगेको छ र इतिहासमै अभूतपूर्व मिलन हुने दाबी गरिएको छ ।
दुवै दलका शीर्ष नेताहरूबीच पछिल्लो केही समयदेखि निरन्तर वार्ता हुँदै आएको थियो । सचिवालयका अनुसार एकता घोषणासम्बन्धी सबै तयारी अघि बढाइएको छ । एकता घोषणा कार्यक्रमको तयारी भइरहेको जनाइएको छ भने एकता पछि नयाँ राजनीतिक संरचना र पार्टी नेतृत्वबारे सहमति बनाउने काम भइरहेको पनि स्रोतले जनाएको छ ।
यस एकतालाई मधेसको राजनीतिक भूगोलमा नयाँ मोड ल्याउने प्रयासको रूपमा हेरिएको छ ।