काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाका दोषीलाई कल्पनाभन्दा बढी सजाय हुने बताएका छन् । हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दोषीलाई कारबाही गरेरै छाडिने स्पष्ट पारे ।
प्रधानमन्त्री मोदीले भने, ‘जसले यो हमला गरेको छ, उसको हरेक हिसाबमा सजाय मिल्छ। उसको कल्पना भन्दा धेरै सजाय मिल्छ। सजाय मिल्छ नै।’
प्रधानमन्त्री मोदीका अनुसार यो हमलामा परेका घाइते र पीडित परिवारको उपचारका लागि सरकारद्वारा सबै प्रयास जारी राखिएको छ। उनले भने, ‘यो आतङ्ककारी हमलामा कतिले आफ्ना छोरा, भाइ, जीवनसाथी गुमाएका छन्।’
प्रधानमन्त्रीले सिङ्गो भारत राष्ट्र नै यो घटनाबाट आक्रोशित र दुःखी भएको बताए। उनले भने, ‘यो हमला केवल पर्यटकमाथिको थिएन, भारतको आत्मामाथि नै आक्रमण गर्न खोजिएको दुस्साहस हो ।’