काठमाडौं । आज हुने भनिएको ऊर्जा राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार, सोही समयमा तय गरिएको मन्त्रिपरिषद बैठकसमेत अर्को सूचना नआउञ्जेलका लागि रोकिएको छ ।
सरकारले नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। उनलाई आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ गराइने भनिएको थियो । तर, निर्धारित समयअघि नै कार्यक्रम स्थगित गरिएको जानकारी आएको हो ।
शपथग्रहण र मन्त्रिपरिषद बैठक स्थगनको कारण भने खुलाइएको छैन। अब कार्यक्रम कहिले हुने भन्नेबारे थप सूचना आउने बताइएको छ ।