बढनिहारमा सामुदायिक भवन निर्माण कार्यको शिलान्यास भव्य रुपमा सम्पन्न गरिएको छ ।
आज सम्पन्न शिलान्यास कार्यक्रम नेपाल सरकारका न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
शिलान्यास समारोहमा प्रदेश सभा सदस्य (विधायक) श्याम पटेल, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोक नारायण यादव, वडा नं. ३ का अध्यक्ष सुकमान तामाङ, वडा सदस्य शंकर राय भर लगायत स्थानिय राजनीतिक अगुवा, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले सरकारले विकास र पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै, सामुदायिक भवनले स्थानिय समुदायका सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरूमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
जनप्रतिनिधिहरूले पनि सामुदायिक भवन निर्माणले स्थानिय जनताको बहुप्रतीक्षित आवश्यकता पूरा हुने भन्दै धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।