काठमाडौँ । हालै पाकिस्तानमा भएका घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूले कुनै समस्या भोगेमा तुरुन्त इस्लामाबादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले दूतावास नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहँदै आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।
यससँगै, मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकले आवश्यक परेको खण्डमा दूतावासको फोन नम्बर वा इमेलमार्फत सहायता माग्न सक्ने उल्लेख गरेको छ । मन्त्रालयले सम्बन्धित सम्पर्क विवरण पनि सार्वजनिक गरेको छ ।
दूतावासमा सम्पर्कका लागि :
वृन्दा सुवेदी खड्का, तृतीय सचिवः ९२३३१३२९३११९
आरसिलान मेहमुदः ९२३४०५१७४२६१
इमेलः [email protected]

