नेपाल चिकित्सक संघ रौतहटको अधिवेशनबाट डा. सुभाष चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । चन्द्रनिगाहपुरमा सम्पन्न अधिवेशनले डा. चौधरीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
डा. चौधरी चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक हुन् । अधिवेशनमा सहभागी चिकित्सकहरूको सर्वसम्मत निर्णयअनुसार बरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम, उपाध्यक्षमा डा. राकेश चौधरी, सचिवमा डा. मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. सशि रञ्जन तिवारी, सहसचिवमा डा. नबिन कुमार सिंह र सह-कोषाध्यक्षमा डा. रामभरोस प्रसाद चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा डा. श्यामबाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. रामईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र डा. सदरे आलम रहेका छन् ।
नवगठित समितिका अध्यक्ष डा. सुभाष चौधरीले संघलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै चिकित्सकहरूको हकहित र स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणमा भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
भेलाले डा. राजेन्द्र कुमार चौधरी र डा. अभिनन्दन श्रीवास्तवलाई संघको सल्लाहकार समितिमा चयन गरेको छ । चिकित्सकहरूको सहभागिता, सहकार्य र एकताको सन्देश दिँदै कार्यक्रम सम्पन्न भएको थियो ।