काठमाडौं । शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले पुष्टि गरेका छन् ।
बस्नेत तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा फरार रहेका थिए । घटनापछि उनलाई पक्राउ गर्न जारी गरिएको पक्राउ पुर्जीपछि आज पक्राउ गरिएको हो ।
उक्त प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
तीनकुने घटनाका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने सरकारी गाडीमा आगजनी, सरकारी कार्यालयमा तोडफोड र निजी सम्पत्तिमा लुटपाट समेत भएको थियो ।