काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू झापा, मोरङ, कञ्चनपुर, दाङ, कैलाली र सुनसरी जिल्लाका रहेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट ३३ वर्षीय उत्तम कार्की ३.१५ ग्राम ब्राउनसुगरसहित र अर्जुनधारा नगरपालिका–११ की २५ वर्षीया निर्मला थापा मगर ०.५२ ग्राम ब्राउनसुगरसहित पक्राउ परे ।
मोरङको विराटनगरबाट २९ वर्षीय बसन्त तामाङ २.८८ ग्राम, २० वर्षीय दिवश तामाङ १.७१ ग्राम र प्रेम राई तथा नबिन चेम्जोङ ४.५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट २१ वर्षीय राहुल चौधरी र २४ वर्षीय समिर डगौरा ५.८१ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएका छन् ।
दाङको घोराहीबाट २३ वर्षीय बिशाल बुढा मगर ०.६७ ग्राम ब्राउनसुगरसहित र ५७ वर्षीया नितु आचार्य २० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेकी हुन् ।
कैलालीको धनगढीबाट २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी ०.९६ ग्राम खैरो हेरोइनसहित र सुनसरीको बराहक्षेत्रबाट २५ वर्षीय धिरज राई २.३५ ग्राम हेरोइनसहित पक्राउ परेका छन् ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।