आजका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले तोकिएको समयमा सुरु हुन नसकेपछि भोलि बुधबार बिहान ११ बजेका लागि सारिएको छ । बैठक सारिएको सूचना सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेका छन् ।
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाउँदै उठेका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले संयुक्त रूपमा संसद अवरोध गरेका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दै विरोध जनाएका थिए। उनीहरूको मागबारे छलफल हुन नसकेपछि बैठक दुई पटक सूचना जारी गरी स्थगित गरिएको हो ।