बलरा नगरपालिका–२, छतौना क्षेत्रबाट सशस्त्र प्रहरी बलले १५ लाख ५० हजार रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ र एक लाख रुपैयाँ मूल्य बराबरको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको सो सामान फेला पारेको हो । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको सशस्त्र प्रहरी बल नं. २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ ।
कसरी र कहाँबाट उक्त इलेक्ट्रिक चुरोट भित्रिएको हो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान जारी रहेको पनि जनाइएको छ ।