भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायतका विपक्षी दलहरुले आजको बैठक सञ्चालन गर्न सहमति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आसनबाट उभिएर विरोध जनाए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट प्रस्तुतिका लागि मात्र बैठक अवरोध नगरेको स्पष्ट पार्दै उक्त विषयको निरूपण नभएसम्म संसदमा विरोध जारी रहने बताए।
आजै अपराह्न ३ः०० बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।