यातायात व्यवसायीहरूले आह्वान गरेको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । रिटमा हडतालका कारण सर्वसाधारणको आवागमन तथा सार्वजनिक सेवा उपभोग गर्ने मौलिक हकमा गम्भीर हस्तक्षेप भएको जिकिर गरिएको छ ।
रिटमा उल्लेख गरिएअनुसार हडतालले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, आवतजावतको अधिकार र सार्वजनिक यातायात सेवा पाउने अधिकारमाथि कुठाराघात भएको दाबी गरिएको छ। सर्वोच्च अदालतले उक्त रिटमाथि भोलिका लागि पेशी तोकेको छ ।
यातायात क्षेत्रको एकाधिकार, जोरजुलुम र जनतालाई प्रभावित पार्ने शैलीको हडतालप्रति सामाजिक तथा कानुनी क्षेत्रबाट आलोचना भइरहेको बेला यो रिट दायर गरिएको हो ।