सङ्घीय संसदमा सत्तारूढ दल र प्रतिपक्षबीचको तनाब तीव्र बन्दै गएको छ । पछिल्ला दिनमा सदनमा देखिएको अवरोध र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका विवादमा तानिएको छ ।
विपक्षी दलहरूले गृहमन्त्री लेखकले भिजिट भिसाका नाममा व्यापक अनियमितता भएको आरोप लगाउँदै संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् । सदनको कार्यसूची अघि नबढोस् भन्नका लागि प्रतिपक्षले निरन्तर अवरोध गरिरहेको छ । गृह मन्त्रालयमार्फत गैरकानुनी रूपमा विदेश पठाउने प्रकरणमा राजनीतिक संलग्नता रहेको आशंका पनि प्रतिपक्षले उठाएको छ।
यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरिएको छ । सत्तापक्षले भने गृहमन्त्रीको भूमिका स्पष्ट रहेको र अनावश्यक आरोप लगाएर संसद चल्न नदिन खोजिएको आरोप लगाएको छ। दुवै पक्ष आ-आफ्नो अडानमा रहेकाले सदन सञ्चालन अलपत्र परेको छ ।