काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी वाईसीएल ९योङ कम्युनिस्ट लिग० को राष्ट्रिय सम्मेलन उद्घाटन भएको तीन दिन बितिसक्दा पनि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन । सम्मेलनको ८८उद्घाटन सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले गरेका थिए ।
बन्द सत्र सुरु भएको तीन दिन बितिसक्दा पनि निर्वाचन प्रक्रिया सुरू नहुनुको कारण माओवादी केन्द्रको खुमलटारमा बसेको पदाधिकारी बैठकले सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने निर्णय लिएको हो । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकले सर्वसम्मतिको बाटो रोज्ने निर्णय गरेको बताए ।
वाईसीएल नेतृत्वमा सयौँ आकांक्षीको भीड छ, जसका कारण सहमति जुट्न सकेको छैन । यद्यपि इन्चार्ज ८८रामप्रसाद सापकोटा ‘दीपशिखा’८८ले केही दिनअघि निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका थिए, तर पार्टी शीर्ष नेतृत्वले हस्तक्षेप गरेर त्यसलाई रोकिएको हो ।
हालका अध्यक्ष सुबोध सिर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि अध्यक्ष पद रिक्त रहेको छ । अहिलेको ६१ सदस्यीय पदाधिकारी समितिभित्रकै नेताहरू अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
अध्यक्ष पदमा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । तीमध्ये कइरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग र कर्मा पुलामीको नाम चर्चामा छ ।
कर्मा पुलामी, पुष्प ओली र कइरसिंह कुँवरलाई अध्यक्ष प्रचण्डनिकट, प्रेम श्रेष्ठलाई नारायणकाजी श्रेष्ठनिकट, तथा नवराज ऐर र गणेश शाहीलाई जनार्दन शर्मानिकट मानिन्छ। जनार्दनले अखिल क्रान्तिकारी जस्तै वाईसीएलमा पनि प्रतिस्पर्धामूलक निर्वाचन हुनुपर्ने अडान लिएका छन् । तर, खुमलटारले त्यसलाई रोक्ने रणनीति बनाएको बुझिएको छ ।
वाईसीएलको नयाँ नेतृत्वमा एकजना अध्यक्ष, सात उपाध्यक्ष ९एक महिला अनिवार्य०, एक महासचिव, आठ उपमहासचिव ९एक समावेशी०, १७ सचिव ९समावेशी कोटा सहित० र एक कोषाध्यक्ष चयन गरिनेछ ।