महोत्तरीमा सर्पको टोकाइबाट १७ वर्षीय रुपेश महतोको मृत्यु भएको छ ।
गएराति करिब १ बजे सुतिरहेका उनलाई पेट र तिघ्रामा गरी तीन ठाउँमा सर्पले टोकेको थियो । उपचारका लागि जनसेवा अस्पताल, बर्दिबासमा पुर्याइएका उनको आज बिहान ५ः१५ बजे मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
मृतक महतो एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए ।