लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूबीच आज नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बसेको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेससमक्ष अघि सारेको पाँच बुँदे प्रस्तावलाई साझा धारणा बनाउने उद्देश्यले छलफल भइरहेको छ ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे, र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरू सहभागी छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार बैठकमा रास्वपाले अघि सारेका बुँदाहरूलाई लिएर साझा धारणा बनाउने प्रयास भइरहेको छ । उनले भने, "यस बैठकबाट एउटा साझा धारणा बनाएर सत्तारूढ दलसँग पुनः छलफल गर्ने तयारी छ ।"
रास्वपाले अघि सारेको ५ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छैन, तर बैठकमा त्यसैलाई मूल एजेन्डाका रूपमा लिएर छलफल अघि बढाइएको जनाइएको छ ।