नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य पुनः वृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
पछिल्लो केही दिनदेखि सुनको भाउ उकालो लागिरहेको छ र आज पनि सो क्रमलाई निरन्तरता दिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँ महँगिएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमै कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,४३४ अमेरिकी डलर रहेको जनाइएको छ ।