विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले थापामाथि चलिरहेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अन्तर्गत थापाविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले सार्वजनिक पदमा रही गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा शुद्धीकरण गर्ने प्रयोजनका लागि थापाले गैरकानुनी क्रियाकलापमा संलग्न रहेको दाबी गर्दै मुद्दा दायर गरेको हो ।
अदालतको आदेशअनुसार थापाले तोकिएको धरौटी रकम बुझाएपछि थुनामुक्त हुने कानुनी व्यवस्था छ ।