त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल बिहीबार साँझ ७:४५ बजे सुरु हुने तय भएको छ । यस सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल तीन ओभरसम्म सुपर ओभर खेलिएपछि ऐतिहासिक बनेको थियो । तीब्र र प्रतिस्पर्धात्मक खेलमा अन्ततः नेदरल्यान्ड्स विजयी बनेको थियो ।
हालसम्म तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई जितका साथ चार अंक जोडेको छ । उता, नेपालले दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोर्दै दुई अंक बनाएको छ ।
नेदरल्यान्ड्सले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय बेहोरेको थियो भने दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो। तेस्रो खेलमा उसले स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।
स्कटल्यान्डले पहिलो खेलमा नेपालमाथि ३९ रनको जित निकालेको थियो तर दोस्रो खेलमा भने नेपालसँग दुई विकेटले पराजित भएको थियो ।
अब नेपाल र स्कटल्यान्डबीच अन्तिम खेल शुक्रबार हुने तालिका छ । समान दुई अंक भएका नेपाल र स्कटल्यान्डमध्ये नेट रनरेटको आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।