नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने तयारी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत उक्त रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकले अल्पकालीन तरलता व्यवस्थापनको उपकरणस्वरूप निक्षेप संकलन (डिपोजिट कलेक्सन) प्रयोग गर्दै आएको छ । पछिल्लो समय राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ । सोही क्रममा आज पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार आज मध्यान्ह ३ बजेदेखि अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सुरु हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणा हुने गरी आवेदन दिन सक्नेछन् ।
यस प्रक्रियामा कुल आह्वान रकमसम्मका लागि आवेदन दिँदा बाँकी रकम निःशेष भागमा जान सक्ने व्यवस्था गरिएको छ । निक्षेप संकलनअन्तर्गत संकलन गरिने रकमको साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुनेछ ।