देशको प्रमुख थोक तरकारी बजार कालीमाटीमा आलुको मूल्यमा वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको तथ्यांकअनुसार, रातो आलु, सेतो आलु र भारतीय आलुको थोक मूल्य बढेको देखिएको हो ।
हाल कालीमाटी बजारमा रातो आलु प्रतिकिलो ४४ रुपैयाँदेखि ४६ रुपैयाँसम्ममा किनबेच भइरहेको छ। भारतीय रातो आलुको थोक मूल्य न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ कायम छ।त्यसैगरी, रातो मुडेको आलुको थोक मूल्य ३६ रुपैयाँदेखि ३८ रुपैयाँबीच कारोबार भएको छ।
हिजोको तुलनामा मूल्यमा थोरै वृद्धि
बिहीबारसम्म रातो आलु ४२ देखि ४५ रुपैयाँ, भारतीय रातो आलु ३६ देखि ४० रुपैयाँ, र मुडेको रातो आलु ३६ देखि ३८ रुपैयाँमा बिक्री भएको थियो।कृषि बजार विश्लेषकहरूका अनुसार वर्षा, ढुवानी समस्या र आयातमा भएको अस्थिरताका कारण मूल्यमा चुलो देखिएको हो।