स्पेनको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार नगरी नै प्रस्थान गरेका छन् ।
सामान्यतया प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमणपछि विमानस्थलमा सञ्चारकर्मीसँग भेटघाट गर्ने प्रचलन रहँदै आएको छ। तर, यसपटक प्रधानमन्त्री ओलीले उक्त प्रचलन तोड्दै कुनै टिप्पणी नगरी विमानस्थलबाट बाहिरिएका हुन् ।
१४ असारमा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओली आज (असार २०) स्वदेश फर्किएका हुन्। स्पेन भ्रमणका क्रममा उनले 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FFD4)' मा भाग लिएर उच्चस्तरीय भेटघाट तथा सम्बोधन गरेका थिए ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओली विमानस्थलको मिडिया कक्षमा उपस्थित नहुने जानकारी गराउँदै सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए ।