गत २३ चैत, बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डस्थित भट्टेडाँडामा रहेको प्रहरी चौकीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट एम्बुलेन्स प्रयोग गरी काठमाडौं भित्र्याउन लागिएको ट्रामाडोल लागुऔषध बरामदसँगै चार जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेहरू:
भारत बिहार राज्यको मोतिहारी क्षेत्रका समिर आलम (२०), मोहम्मद मुन्ना अन्सारी (३३), नोर्जान खातुन (४५), मोहम्मद उमर सिद्धिकी (२२, एम्बुलेन्स चालक) पक्राउ परेका हुन्। उनीहरू सवार एम्बुलेन्समा दुई बालक पनि थिए। एम्बुलेन्समा बिरामी देखाएर लागुऔषध तस्करी गरिंदै थियो ।
बरामद लागुऔषध विवरण:
- ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (IP ५० एमजी) — ९,४०८ पत्ता
- प्रयोग गरिएको एम्बुलेन्स (BR-05 PA 0421)
- झोलामा लुकाएर राखिएको अवस्था
अनुसन्धान र रिहा:
पक्राउ परेकामध्ये नोर्जान खातुन वीरगञ्जको मेडिकल कलेजमा उपचारपछि काठमाडौं रेफर भएकी बिरामी रहेको पुष्टि भएपछि उनलाई, उनका आफन्त समिर आलम र दुई बालबालिकालाई रिहा गरिएको हो ।
मुद्दा दर्ता गरिएका प्रतिवादीहरू:
१. मोहम्मद मुन्ना अन्सारी
२. मोहम्मद उमर सिद्धिकी (चालक)
३. प्रभात साह कानु (पर्सा) - फरार
४. रामाकान्त साह गोढ (पर्सा) - फरार
५. राजु मिजार (नुवाकोट) - प्रहरी वृत्त कालीमाटीमा हिरासतमा
संगठित अपराध र आर्थिक कारोबार:
अनुसन्धानका क्रममा उनीहरूले संगठित तवरमा करोडौंको लागुऔषध कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
- राजु मिजारको E-Sewa ID बाट १७.६३ लाख डेबिट, १७.६३ लाख क्रेडिट
- रामाकान्त गोढलाई NIC Asia/IME बाट ३८.१६ लाख ट्रान्सफर
- सह–आरोपी रमेश देउलासँग तराई क्षेत्रबाट ट्रामाडोल ल्याउने र बेच्ने योजना
सम्पत्ति विवरण:
- रामाकान्तको खातामा २.७६ करोडभन्दा बढी जम्मा गरिएको
- प्रभात साह कानुको नाममा वीरगञ्ज र पर्सामा १,१६८ वर्गमिटर जग्गा खरिद
- उनका विभिन्न बैंक खातामा करिब १.३ करोडभन्दा बढी रकमको चलखेल
लागुऔषध कारोबारपछि प्रतिवादीहरूको जीवनशैली र सम्पत्ति आकस्मिक रूपमा बढेको पाइएको छ । आयको वैधानिक स्रोत नरहेको भन्दै उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।